बैंकिङ्ग समाचार, काठमाडौं ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज बैशाख २७ गते बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन् ।
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर बनेको आइजीआई प्रुडेन्सिल इन्स्योरेन्सले आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको छ । मर्जर पश्चात आइजीआई प्रुडेन्सियलको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्षबाट हेम राज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।
प्रतिक्रिया