बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्त संञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यस अघि कम्पनीले ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । १५ प्रतिशत लाभांश वितरणपछि बाँकी सम्पूर्ण रकम मुनाफा कोषमा रहिरहने र सो कोषबाट आगामी आर्थिक वर्षहरूमा लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।
संशोधित यो लाभांश पनि नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया