नेप्सेले गर्यो २ निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

नेप्सेले गर्यो २ निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनी एक आपसमा गाभ्ने/गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

यी दुई निर्जीवन बीमा कम्पनीहरुको वैशाख १७ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने/गाभिने वा मर्जर कार्य सम्पन्न भई वैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएकाले नेप्सले यी दुई बीमा कम्पनीहरुको शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्थाहरु एकआपसमा मर्जरमा जाने सम्बन्धी निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त कम्पनीहरुको शेयर कारोबार वैशाख २७ गतेदेखि रोक्का गर्ने भएको हो ।