निर्धन उत्थान लघुवित्तले आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो १९% बोनस शेयर

निर्धन उत्थान लघुवित्तले आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो १९% बोनस शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ ।

निर्धन उत्थान लघुवित्तले गत फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

फागुन १ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको हितग्राही खातामा कम्पनीले उक्त बोनस शेयर पठाउन सुरु गरेको हो । त्यो मिती पश्चात शेयर अभौतिकरण गराएका शेयरधनीको हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले विगतका साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर लिन बाँकी रहेका शेयरधनीले शेयर रजिष्ट्रारमा सम्पर्क गरी आ-आफ्नो लाभांश प्राप्त गर्न सक्ने पनि जानकारी दिएको छ ।