गरिमा विकास बैंकका शेयरधनीको हितग्राही खातामा १३% बोनस शेयर जम्मा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ । गरिमा विकास बैंकको पुस २२ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो ।

पुस ८ गतेसम्म कायम रहेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने त्यो मिती पछि शेयर अभौतिकरण गराएका शेयरधनीको हकमा पनि क्रमश शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।

साथै अघिल्लो आवमा बुझाउनु पर्ने लाभांश कर नबुझाएका शेयरधनीहरुमध्ये १६ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांशले समेत बुझाउनु पर्ने सम्पूर्ण कर  रकम बुझाउन नपुग्ने शेयरधनीले उक्त रकम जम्म गरेपछि मात्र बोनस शेयर प्राप्त गर्नेछन् । 

शेयरधनीले उक्त बोनस शेयरमा लाग्ने कर र्बैंकको खाता रहेको लाजिम्पाट शाखा खाता नं. ०४०००१०१०१३८९३०००००१ मा ‘एनआइबिएल एस क्यापिटल–जीबीबीएल बोनस ट्याक्स २०७७–२०७८’ नाममा जम्मा गर्नुपर्नेछ ।