हिमालयन बैंकले ए डिभिजन फुटबल खेल्ने संकटा क्लबलाई गर्यो १० लाख प्रायोजन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ १० लाख प्रदान गरी प्रायोजन गरेको छ । 

बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ ।

बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहकाबीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन् । 

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित काठमाढौं महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी मर्हजन लगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।