बैंकिङ्ग समाचार, काठमाडौं ।
अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर अमन हलमा बैशाख २५ गते सोमवार सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग र मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात् एकिकृत कारोबार शुभारभ्भको लागि नाम समेत निर्धारण गरेको छ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, यी दुई कम्पनी एक आपसमा गाभिने प्रयोजनका लागि मुल्याङकनकर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउन्टेनद्धारा तयार गरिएको अजोड र यूनाइटेडको चल अचल सम्पत्ती तथा कारोबार मुल्याङकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात ८२.५०:१०० कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीमा गठन हुने संचालक समितिमा दुबै कम्पनीको तर्फबाट प्रतिनिधीहरु तोक्ने अधिकार संचालक समितिलाई दिने लगायतका मर्जर पछिका विविध प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया