गुँरास लाइफ इन्स्योरेन्सको २९ लाख कित्ता बढि बोनस शेयर सूचीकृत

गुँरास लाइफ इन्स्योरेन्सको २९ लाख कित्ता बढि बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको १३.२७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । अव यस कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।