बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको दोस्रो दिन आज सोमवार नेप्से १६.९३ अंकले घटेर १ हजार ८ सय ३३ दशमलव ६९ विन्दुमा पुगि बन्द भएको हो । आइतवार नेप्से १९.१२ अंकले घटेर १ हजार ८ सय ५० दशमलव ६१ विन्दुमा भएको थियो ।
त्यस्तै, नेप्सेमा दोहोरो अंकको गिरावट भए पनि कारोबार रकममा भने वुद्धि भएको छ । नेप्सेमा आज ८२ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार नेप्सेमा ६० करोड ८१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता ७९२ रुपैयाँ पुगेको छ ।
नेप्सेका इस्टर्न हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया