बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडबीच हाइड्रोपावरको सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका ३६ करोड रकम बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया