सिटि होटलको आईपीओ आजदेखि सर्वसाधारणमा विक्री खुल्ला

सिटि होटलको आईपीओ आजदेखि सर्वसाधारणमा विक्री खुल्ला


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटी होटल लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । 

कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेको नेपालीमा शेयर बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । यी वाहेक बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो ।

सर्वसाधारणा यो आईपीओ छिटो अवधि वैशाख २८ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।