एभरेष्ट बैंकले भैरहवामा आफ्नै भवनबाट सुरु गर्यो बैंकिङ्ग सेवा

एभरेष्ट बैंकले भैरहवामा आफ्नै भवनबाट सुरु गर्यो बैंकिङ्ग सेवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकको भैरहवा शाखाले आफ्नै नव निर्मित भवनबाट सेवा प्रदान गर्न थालेको छ । यस अघि बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका नारायणपथ, वडा नं. ७ स्थित शाखाबाट सेवा प्रदान गर्दै आएकोमा अब सोहि नगरपालिकाको वडा नं. १२, प्रहरी टोलमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु थालेको हो । 

उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् ।

उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जिवन प्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरिक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो अवसरमा बैंकले विगत २५ वर्ष देखी निरन्तर रुपमा बैंक संग आबद्द ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको छ। 

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको बैंकले १२४ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६० एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।