एकिकृत कारोबार सुरु हुने भएसँगै प्राइम, गुराँस र युनियन लाइफको शेयर कारोबार रोक्का

एकिकृत कारोबार सुरु हुने भएसँगै प्राइम, गुराँस र युनियन लाइफको शेयर कारोबार रोक्का


बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी तीन कम्पनीको वैशाख २६ गतेदेखि हुन लागेको एकीकृत कारोबारको लागि शेयर कारोबार बन्द भएको हो । बैशाख २३ गतेदेखि बन्द रहेको कम्पनीको सेयर कारोबार बैशाख २५ गतेसम्म बन्द रहनेछ ।

यी तीन कम्पनी एक आपसमा गाभ्ने/गाभिने (मर्जर) मा गई बैशाख २६ गते मंगलबारदेखि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् ।

बैशाख २६ गतेदेखि एकीकृत कारोबार संचालन गरिने भएको हुँदा धितोपत्र दर्ता गराएका संगठित संस्था एवं एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ को (२) बमोजिम मर्जर पश्चात शेयर मिलान, धितोपत्र पुनः सूचिकरण तथा अभौतिकीकरण प्रयोजनका लागि तीन वटै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

यी तीन वटै कम्पनीको बीमा सेवा समेत बैशाख २३, २४ र २५ गते बन्द हुने जनाइएको छ ।