राष्ट्रिय बीमा कम्पनीले बोलायो साधारणसभाः ६ आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै, छैन लाभांश

राष्ट्रिय बीमा कम्पनीले बोलायो साधारणसभाः ६ आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै, छैन लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले धेरै वर्षपछि आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले जेठ ३१ गते काठमाडौैंमा बिहान ११ बजे वार्षिक साधारणसभा गर्ने निणर्य गरेको कम्पनीले जानकारी दिएको हो ।

साविक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१औँ वार्षिक साधारणसभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरिएको हो ।

सभाले साविक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७०, आर्थिक वर्ष २०७०/७१ गरी ३ वर्ष र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२, आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

उक्त आर्थिक वर्षहरुको लेखा परीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणहरु पनि छलफल गरी पारित गर्नेछ । यस्तै सभाले सर्वसाधारण शेयरधनीहरु मध्येबाट एक जना सञ्चालक चयनको लागि निर्वाचन गर्नेछ ।

कम्पनी लिमिटेडले कुनै लाभांशबिनै वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ । त्यस अनुसार जेठ १४ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा सहभागि हुन सक्नेछन् ।