बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सले २५६७ औं बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त फाइनान्सले आज २५६७ औं बुद्ध जयन्तीको अवसरमा बुटबल शाखा कार्यालय बाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस वितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै, फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न वितरण गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै, आरजिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।
प्रतिक्रिया