बैंकिङ्ग समाचार, काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २८ प्रतिशत बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको हो ।
शेयरधनीले बोनस शेयरको कर बापतको रकम कम्पनीको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर २३९०१०१०००६४८४ मा जम्मा गर्न सक्नेछन् । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर र सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यसपछि उक्त बोनस शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपछि अभौतिकीकरण गराएका शेयरधनीहरूबाट जम्मा भएको कर रकमको मिलान गरी बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड छ ।
प्रतिक्रिया