नेपाल इन्भेष्टमेन्ट मेगा बैक ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैक ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले ऋणपत्र विक्रीका लागि निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरमा १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४० लाख ४० हजार कित्ता बराबरको रु. ४ अर्ब ४ करोड रकमको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

ऋणपत्र निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको हो ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।