बैंकिङ्ग समाचार, काठमाडौं ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको कुल ७६ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा वितरण गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५३ लाख २० हजार कित्ता गरेर कुल ७६ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ९२ दशमलव ७१ देखि अधिकतम रू. २७८ दशमलव १३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ ।
साथै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएकेएआर (MAKAR) रहेको छ ।
प्रतिक्रिया