बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घट्ने क्रम आज पनि जारी रहेको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ९.१८ अंकले घटेर १ हजार ८ सय ५७ दशमलव २३ विन्दुमा पुगेर बन्द भएको हो । मंगलवार नेप्से ४.२७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलब ४० विन्दुमा भएको थियो ।
त्यस्तै, नेप्सेमा गिरावट भएसँगै कारोबार रकममा पनि सामान्य गिरावट भएको छ । नेप्सेमा आज ६२ करोड २ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । मंगलवार नेप्सेमा ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीको शेयरमूल्य घटेको छ, १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.०९ प्रतिशतले बढेर प्रतिकित्ता ४६३.५० रुपैयाँ पुगेको हो ।
नेप्सेका अनुसार आज एनआइबिल ग्रोथ फण्ड र सनराइज ब्लु चिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३ करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया