राष्ट्र उत्थान लघुवित्तद्धारा कुल १५% लाभांश घोषणा, बोनस कति ?

राष्ट्र उत्थान लघुवित्तद्धारा कुल १५% लाभांश घोषणा, बोनस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य नाफाबाट बोनस र नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको जानकारी मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो । 

गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २६ करोडको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय वैशाख १३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चान् आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।