कामना सेवा विकास बैंकको ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

कामना सेवा विकास बैंकको ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम विद्यमान संस्थापक शेयरधनीहरूलाई ३५ दिने सूचना सार्वजनिक गरी सो समय अवधिमा शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेकाले अन्य व्यक्ति वा संस्थालाई विक्री खुला गरेको हो ।

शेयर खरीद गर्न इच्छुक आवेदकले आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाणपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिन सकिनेछ ।

\"\"