बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाए पश्चात र आगामी साधारणसभाले स्वीकृत गरे पछि शेयरधनीहरुले प्राप्त गर्नेछन् । कम्पनीले गत वर्ष पनि ५ प्रतिशत बोनस शेयर र बोनस शेयर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया