बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।
सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेशसिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक आशा कुमारीलाई हस्तान्तरण गरेका हुन् । स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वा सुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँ सम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजार रुपैयाँ सम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँ सम्मको औषधी उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया