प्रभु बैंकको २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

बैंकले संस्थापक शेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको ६१ हजार ७६२ कित्ता, सुरेन्द्र चन्द्र तायलको १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैनाली खरेलको ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गको १३ हजार ३०५ कित्ता र कली खत्रीको ६ हजार ७९१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् । बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्री नभएमा बैंकले अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।