बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विधिन्न ७ संस्थापक शेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता बढि संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।
लघुवित्तले संस्थापक शेयरधनी अर्जुन कुमार पोखरेलको नाममा रहेको ८० हजार कित्ता, दोल राज सापकोटाको १२ हजार २९५ कित्ता, डेलनाथ पौडेलको ७ हजार ५ सय कित्ता, धर्म प्रसाद पौडेलको २ हजार कित्ता, सुमित्रा कुमारी लुंगेलीको ७ हजार ५ सय कित्ता, चुडामणि वाग्लेको ४ हजार कित्ता र फणिन्द्र राज शर्माको ७ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४ इमाडोल, ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नागपोखरी, नक्साल काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया