बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन बैंकको ४.४१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य २८८ रुपैयाँ १० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ३०० रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया