बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घट्ने क्रम आज पनि जारी रहेको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार पनि नेप्से घटेर बन्द भएको छ । आज नेप्से २.२७ अंकले घटेर १ हजार ८ सय ८९ दशमलव ७३ विन्दुमा पुगेर बन्द भएको हो । बुधवार नेप्से १३.६८ अंकले घटेर १ हजार ८ सय ९२ विन्दुमा पुगेर बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा सामान्य अंकको गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट भएको छ । नेप्सेमा आज ७३ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ८४ करोड ७० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
आज कारोबार भएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीको शेयरमूल्य घटेको छ, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्ड २ को शेयरमूल्य ५.८५ प्रतिशतले बढेर ७.७८ रुपैयाँ पुगेको छ भने तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ५.०८ प्रतिशतले बढेर प्रतिकित्ता ४०५.६० पुगेको हो ।
नेप्सेका अनुसार आज एनआइबिल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया