एनएमबि बैंकको मोबाईल बैंकिङ्ग एपबाट अब सिधै आइएमई पेमा पैसा लोड गर्न मिल्ने

एनएमबि बैंकको मोबाईल बैंकिङ्ग एपबाट अब सिधै आइएमई पेमा पैसा लोड गर्न मिल्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई डिजिटल सोलुसन लिमिटेडको डिजिटल वालेट एप “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ्ग एपबाट पैसा लोड गर्न मिल्ने सुविधा थप भएको छ ।

आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौता स्वरुप अब ग्राहकहरुले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी सिधै एपबाट आइएमई पे डिजिटल वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको हो ।