बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ६०२ रुपैयाँ ६१ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया