बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ४ गते १५औं वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको वैशाख ११ गते बसेको बैठकले विराटनगरस्थित होटल हैरिसन प्यालेसमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
यस्तै साविकको सूर्या लाइफ इन्स्योरेन्स र साविकको ज्योति लाइफ इखन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्ममा वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
सभाले संस्थापक शेयरधनी समुहबाट ३ जना र सर्वसाधारण शेयरधनी समुहबाट ३ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ । यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न आवश्यक परे त्यसको लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख २१ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख २० गते सम्म कायम शेयरधनीहरु मात्रै साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रतिक्रिया