मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, ९५ हजार ४ सय ११ जनाले पाए शेयर

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, ९५ हजार ४ सय ११ जनाले पाए शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज बैशाख १३ गते, बुधबार बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बाँडफाँड गरेको हो ।

कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड भएको छ । जसअन्तर्गत गोला प्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।