४९ वर्षपछि निक्षेप तथा कर्जा सुरक्षण कोषको बुलेटिन शुभारम्भ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिसम्ममा सम्पन्न मुख्य क्रियाकलाप तथा गतिविधीहरुलाई समेटेर बुलेटिन प्रकाशनमा ल्याएको छ ।

कोषका काम, कारोबारसँग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारी पारदर्शी रुपमा सम्बद्ध सरोकारवालाहरु समक्ष प्रवाह गर्ने एवं भविष्यका लागि अभिलेखित गर्ने उद्देश्यले कोष स्थापनाको ४९ वर्ष पछि बुलेटिन प्रकाशनको शुरुवात भएको हो ।

कोषका संचालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, संचालकद्धय हुम बहादुर केसी र थान प्रसाद पंज्ञानी र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोष परिसरमा आज आयोजित एक कार्यक्रमबीच उक्त बुलेटिनको शुभारम्भ गरेका थिए ।

कार्यक्रमलाई सम्बोदन गर्दै डा. घिमिरेले कोषले थालनी गरेको कामको प्रसंशा गर्दै अर्ध बार्षिक रुपमा प्रकाशन गर्ने भनिएको बुलेटिनलाई संभव भएसम्म चौमासिक रुपमा प्रकाशन गर्न सकिने सुझाव दिएका थिए ।

उनले संस्था सबल हुन कर्मचारीहरुमा उच्च मनोवलका साथै प्रतिस्पर्धी क्षमता हुनुपर्ने धारणा व्यक्त गर्दै सोही अनुरुप क्रियाशील हुन कर्मचारीहरुलाई अभिप्रेरित गरेका थिए । कार्यक्रममा कोषका विभागीय प्रमुख तथा कर्मचारीहरु, मिडियाका प्रतिनिधी, बैंकर्स लगायतको उपस्थिति थियो ।