बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हरियाली छाएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको हो । आज नेप्से १७.३६ अंकले बढेर १ हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार नेप्से सामान्य अंकले बढेर बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा खोहोरो अंकको वृद्धि भएसँगै कारोबारमा पनि वृद्धि भएको छ । नेप्सेमा आज ८८ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार नेप्सेमा ७५ करोड १३ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
आज कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ होटल रिजेन्सी लिमिटेडको शेयरमूल्य ८ प्रतिशतले बढेर प्रतिकित्ता ५४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया