नागरिक दैनिक प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले पायो आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

नागरिक दैनिक प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले पायो आईपीओ निष्काशन गर्न बोर्डको अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीलाई प्रति शेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर आईपीओ निष्कासन गर्न सेबोनले सोमवार अनुमति दिएको हो ।

कम्पनीले जारी पूँजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ । यो मिडिया क्षेत्रमा सर्वसाधारणमा आईपीओ जारी गर्ने पहिलो कम्पनी बनेको छ ।

नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ ।