बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनाइटेड इन्स्योरेन्सले आगामी बैशाख २५ गते विशेष साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा उक्त सभा बोलाएको हो ।
युनाईटेड इन्स्यारेन्स कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) को मिति तय गरेको छ । कम्पनीले बैशाख १३ गतेदेखि बुक क्लोज गर्ने भएको हो । जस अनुसार बैशाख १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो सभामा सहभागी हुन पाउनेछन् ।
सभाले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने कम्पनीको प्रस्तावलाई पारित गर्दै छ । दुई इन्स्योरेन्स बराबर हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्जरमा जान लागेका हुन् । नेपाल बीमा प्राधिकरणले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ ।
प्रतिक्रिया