माई खोला हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माई खोला हाइड्रोपावर लिमिटेडले बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ ह्जार ५६८ कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

त्यस्तै कम्पनीको जारी पूँजीको ३९ प्रतिशत अर्थात १५ लाख २९ हजार ४११ कित्ता शेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

साथै २ प्रतिशत अर्थात ३० हजार ५८८ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७६ हजार ४७१ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको १२ लाख ६९ हजार ४११ कित्ता शेयर सर्व साधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको आईपीओमा ईच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १० लाख ४६ हजार ६५ आवेदनबाट १ अर्ब १७ करोड ३० लाख १२ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ३० हजार १२० कित्ता शेयरको लागि आवेदन परेको छ ।