सिटि होटलको आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीमा बाँडफाँट, १६ हजार ७४० ले पाए १० कित्ता शेयर

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटि होटल लिमिटेडको आईपीओ आज बैशाख १२ गते, मंगलबार बाँडफाँट भएको छ । होटलले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २०७९ चैत २१ गतेदेखि २०८० बैशाख ५ गतेसम्म निष्काशन गरेको थियो ।

सो शेयरमा १९ हजार ७४८ आवेदकबाट कुल ५ करोड ६८ लाख ९ हजार रुपैयाँ बराबरको ५ लाख ६८ हजार ९० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये १९ हजार ७३९ आवेदन स्वीकृत भएको छ भने ९ आवेदन रद्द भएको छ । स्वीकृत आवेदनमध्ये १६ हजार ७४० आवेदकले १० कित्ताका दरले होटलको शेयर प्राप्त गरेका छन् ।