लुम्बिनी विकास बैंकले पायो ११% ब्याज दिने १० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति

लुम्बिनी विकास बैंकले पायो ११% ब्याज दिने १० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृती पाएको छ । कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख १० गते सेबोनबाट अनुमति पाएको हो ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कुल कित्तामध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ  ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा एलबिबिएल डिबेञ्चर नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।