नेप्सेमा आज झिनो अंकको वृद्धि, कारोबार रकम ७५ करोडमा सिमित

नेप्सेमा आज झिनो अंकको वृद्धि, कारोबार रकम ७५ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको दास्रो दिन आज सोमवार नेप्से २.७१ अंकले बढेर १ हजार ८ सय ८८ दशमलब ३२ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से १८.८० अंकले घटेर १ हजार ८ सय ८५ दशमलब ६० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा सामान्य अंकको वृद्धि भएपनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा आज ७५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार नेप्सेमा ८२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १२० कम्पनीको शेयरमूल्य बढेको छ भने ८५ कम्पनीकोे शेयरमूल्य घटेको छ, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य ८.११ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ पुगेको हो ।                  

आज कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।