बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १० हजार ७७३ कित्ता शेयर बेच्न निवेदन दिएका हुन् ।
कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आगामी ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले के कति कित्ता कति मूल्यमा किन्ने व्यहोरासहित केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र विद्यमान शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा कम्पनीको शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया