नेरुडे लघुवित्तको विशेष साधारणसभा सम्पन्न, मिर्मिरे लघुवित्तसँग मर्जरको प्रस्ताव पारित

नेरुडे लघुवित्तको विशेष साधारणसभा सम्पन्न, मिर्मिरे लघुवित्तसँग मर्जरको प्रस्ताव पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । उक्त सभा विराटनगरको उद्योग संगठन मोरङ्गमा आइतवार सम्पन्न भएको हो ।

सभाले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो ।

सभाले एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने, दुबै लघुवित्त कम्पनिको शेयर अनुपात क्रमशः १ः१ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही/प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारित भएको छ ।

मोरङ्गको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच गत पौष ११ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

२०७९ माघ २६ गते नेपाल राष्ट्र बैंकबाट सैधान्तिक सहमती प्राप्त गरी मर्जर सम्बन्धिको काम कार्यवाही अगाडी बढाईएको थियो ।