बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
संस्थाको चैत २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार वैशाख ३ गतेदेखि लागू भई २०८१ वैशाख २ गतेसम्म बहाल हुनेगरी आरविवि मर्चेन्ट बैकिङ्गलाई वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सोपश्चात् संस्थाको शेयर दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण शेयरसम्बन्धी कार्य अब आरविवि मर्चेन्ट बैकिङ्गले गर्नेछ ।
प्रतिक्रिया