बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुर स्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई मिति २०८० साल बैशाख ०७ गतेका दिन बहुउद्देश्यीय हल निर्माणका लागि रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।
आजको मितिमा देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ । यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ । यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन् । हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन् ।
बंैकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बंैकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया