किसानहरुलाई सुलभ कर्जा उपलब्ध गराउने सम्बन्धमा प्रभु बैंकले गर्यो त्रिपक्षीय सम्झौता

किसानहरुलाई सुलभ कर्जा उपलब्ध गराउने सम्बन्धमा प्रभु बैंकले गर्यो त्रिपक्षीय सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबिच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रालिका निर्देशक सबिन मानन्धर र प्रभु बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबिच उक्त त्रिपक्षीय सम्झौता भएको हो । यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको बैंकले जनाएको छ ।

प्रभु बैंकले ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।