बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।
प्रतिक्रिया