‘आइएमई पे’ बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने

‘आइएमई पे’ बाट विभिन्न केबलकारको टिकट सजिलै काट्न सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट सजिलै सँग काट्न मिल्ने भएको छ ।

आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङ्ग अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।

आइएमई पेको यात्रा सेवामा केबल कार भित्र रहेको टिकेटिङ्ग सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना सहजरुपमा टिकट काट्न सक्नेछन् ।