सिटिजन्स बैंकका ग्राहकले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयरमा २५% छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयरमा २५% छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । बैंक र नयाँ बानेश्वरको अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।  

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९  वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।