सनराइज बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सनराइज बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले करिब सवा १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी लिला देवी खेतानको नाममा रहेको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ ।

बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

बैंकको अनुसार म्यादभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई शेयर बिक्रीको प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।