बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले आयोजना प्रभावित तथा सर्वसाधारणको लागि प्रिमियममा आईपीओ निष्काशन गर्न बैशाख ६ गते अनुमति प्रदान गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई गरी कुल ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६११ कित्ता शेयर सर्वसाधारणमा वितरण हुनेछ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई फरकफरक मूल्यमा आईपीओ विक्री गर्न अनुमति पाएको हो । बोर्डले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता रू. ४०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. ४३५ मा आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् ।
प्रतिक्रिया