बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारी गिरावट भएको छ ।
चैत मसान्तसम्ममा महालक्ष्मी विकास बैंकले खुद नाफा ४६.९४ प्रतिशत घटेर ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.९५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३.३८ प्रतिशत घटेको छ । निष्क्रिय कर्जा २.८९ प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ३४ करोड ७४ लाख पुगेपछि बैंकको सञ्चालन मुनाफा ४६.४४ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६२ पैसा घटेर १२ रुपैयाँ १२ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८१ पैसा रहेको छ ।
४ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २० करोड रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया